मदरल्याण्ड पब्लिकेशन प्रालि मार्फत दोश्रो संस्करणको रूपमा प्रकाशन भएको कडा गातायुक्त १५५६+ पृष्ठ मोटो (करिब ३.५५ केजी) 'A4 साइज' आकार (करिब २९ X २२ X ७ सेमी) को ‘अल नेपाल इन्फो’ नामक पुस्तक हेर्दै ‘भीमकाय’लाग्दछ । नेपालको 'इन्साइक्लोपेडिया' भन्दा पनि फरक नपर्ने यो कृतिका प्रत्येक पृष्ठलाई दुई भाग लगाई बायाँ खण्डमा नेपाली भाषा र दायाँ खण्डमा अग्रेजी भाषाद्वारा संयुक्त सम्पादन गरिएको छ । पुस्तकको गाता पल्टाउँदा बित्तिकै नेपालभरिका प्रमुख सडक, प्रमुख स्थान र दूरी प्रष्ट्याइको ठूलो (A3) रेखाचित्रात्मक नक्शा छ भने क्रमशः भित्रपट्टि राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीलगायतबाट व्यक्त सारगर्भित सन्देशहरूसहित केही महत्वपूर्ण समीक्षात्मक टिप्पणीहरू तथा यस पुस्तकले समेटेका विषयवस्तुहरूलाई बुझ्न सहज हुने हेतुले ‘हाईलाइट्स’र विषय सूची प्रस्तुत गरिएको छ । सर्वप्रथम ‘नेपाल एक दृष्टिमा’भन्ने शिर्षकभित्र समग्र नेपालको सङ्क्षिप्त चिनारी, जस्तै- नेपाललाई विश्वमा चिनाउने सटीक परिचय, नामकरण कसरी गरियो भन्ने सन्दर्भ, पौराणिक नेपालसहित गोपालवंशदेखि वर्तमान गणतन्त्रसम्मको सङ्क्षिप्त ऐतिहासिक पृष्ठभूमि, प्राकृतिक स्वरुप, स्रोत / सम्पदा, हावापानी, मौसम, ऋतु, जैविक विविधता, संरक्षित क्षेत्र र जीवजन्तु लगायत विविध आधारभुत जानकारीहरू राखिनुका साथै नेपाली कला, संस्कृति, खान–पान, जीवनशैली / विविध बारेमा रङ्गीन सुन्दर तस्वीरहरू प्रस्तुत गरिएका छन् । त्यस्तै जनगणना वि.सं. १९६८ देखि २०७८ सालसम्म ११० वर्षको जनसङ्ख्या, लैङ्गिक अनुपात, जनसङ्ख्या वृद्धिदर, जनघनत्व तथा साक्षरता लगायत जनताको जीविका र जीवनस्तर बुझ्न सहज हुने पछिल्लो जनगणनाका अन्य तथ्याङ्कीय सूचकाङ्कहरूसहित नेपालका सम्पूर्ण जात–जाति, मातृभाषा, धर्मको जनसङ्ख्या (जनगणना वि.सं. २०३८-२०७८) को विस्तृत विवरण पनि समेटिएको छ । अनि नेपालमा राज्यको नयाँ शासन संरचना (संघ, प्रदेश र स्थानीयतह) लाई सरल रेखाचित्रका मध्यमबाट बुझ्न निकै सहज हुने तवरले प्रस्तुत गरिएको छ । त्यसपछि नक्शासहित प्रदेशको प्रोफाइल प्रस्तुत गरेर सम्बन्धित प्रदेश अन्तर्गतका जिल्लाहरूको सचित्र विवरणलाई साधारणतः कम्तिमा १६ देखि बढीमा ३८ पृष्ठका दरले समेटिएको छ ।
प्रत्येक जिल्लाको पहिलो पृष्ठमा राजनीतिक एवं प्रशासनिक विभाजन, नदीनाला, ताल–पोखरी, सडक–गोरेटो, प्रमुख स्थान आदि खुलाइएका सु–स्पष्ट रङ्गीन नक्शासहित जिल्लाको पहिचान दर्शाउने विषेशता र अन्य आधारभूत जानकारीहरू प्रस्तुत छन् भने दोस्रो पृष्ठमा संरक्षित क्षेत्र (भएमा), वन क्षेत्र, कृषि क्षेत्र, बसोवास क्षेत्र, हिमाली क्षेत्र (भएमा), नदीनाला प्रभावित क्षेत्र, सिमसार क्षेत्र (भएमा), समुद्र सतहदेखिको उचाइ, भू–उपयोगको स्थिति (प्रतिशतमा) आदी खुलाइएको प्राकृतिक स्वरूप (दुरुस्त भूगोल) को रंगीनै नक्शा र त्यस जिल्लामा रहेका प्रमुख खनिज सम्पदाहरुलाई चिन्न सहयोग पुग्ने तस्विरहरु राखिएको छ । जिल्लाको चिनारीसहित सारगर्वित एवं मार्गदर्शक परिचय, नामकरण कसरी भयो भन्ने रोचक सन्दर्भ, नेपाल एकीकरण पहिले त्यो जिल्लामा शासन व्यवस्था के / कस्तो थियो भन्नेदेखि नेपालमा एकीकरण कसरी र कहिले भयो भन्नेसम्म र पछिल्लो अवस्थाका बारेमा जिल्लागत विस्तृत ऐतिहासिक पृष्ठभूमि क्रमशः राखिएको छ । जिल्लाको भू–बनावट (प्राकृतिक स्वरूप) सम्बन्धी विस्तृत चिरफार, माटोको प्रकार तथा कृषिको सम्भावना र समग्र हावापानीको स्थिति तथा बाह्रै महिनाको मौसम तालिकालाई त्यसपछि प्रस्तुत गरिएको छ । जिल्लाका समग्र प्राकृतिक स्रोत र सम्पदाहरु हिमाल / लेक (भएमा), नदी-नाला, ताल–पोखरी (भएमा), झरना–छहरा (भएमा), गुफा-ओडार (भएमा), खनिज सम्पदा, जलविद्युत एवं सिँचाईका निम्ति सञ्चालित परियोजना (भएमा), सिमसार क्षेत्र (भएमा), निकुञ्ज तथा संरक्षित क्षेत्र (भएमा), जैविक विविधता आदि बारेको विस्तृत विवरणलाई क्रमशः त्यसपछि राखिएको छ । अनि प्रमुखताका साथ जिल्लाका प्रायः सबै धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थानहरुका बारेमा तिनको महत्व, ऐतिहासिकता, मनोरम सुन्दरतालगायत मार्गदर्शक चिनारीसहितको विस्तृत जानकारी सचित्र प्रस्तुत गरिएको छ । मुलुकभरिका दुई हजार भन्दा बढी पर्यटकीय महत्वका गन्तब्यहरूको सचित्र मार्गदर्शक चिनारी यसमा समेटिएको छ । जिल्लाका प्रमुख १० जात–जाति र धर्मको जनसङ्ख्या (जनगणना वि.सं. २०३८ देखि २०७८ सम्म) सहित प्रमुख एवं अल्पसंख्यक जात–जातिहरु तथा त्यहाँका विषेश संस्कृति र परम्पराहरु बारेको शब्दचित्रलाई ‘जनता र संस्कृति’ शिर्षकमा राखिएको छ । अनि जिल्लाका प्रमुख बजार / केन्द्र, हाटबजार, मेला विषेश लगायत त्यहाँबाट उत्पादित तथा निर्यात हुने वस्तुहरुको सूची प्रस्तुत गरिएको छ । त्यसैगरी नेपालमा सबैभन्दा बढी (७०-७५ लाख भन्दा धेरै) जनता सङ्गठित भएको सहकारी क्षेत्र, लगानी र त्यसले प्रत्यक्ष-अप्रत्यक्ष पुर्याएको योगदानका सुचकाङ्कहरू, निर्वाचन क्षेत्र (संघ र प्रदेश) विवरण लगायत जनताको जीविका र जीवनस्तर बुझ्न सहज हुने पछिल्लो जनगणनाका अन्य विविध तथ्याङ्कीय विवरणहरुलाई समेट्दै समग्र जिल्लाका बारेमा अत्यावश्यक एवं आधारभूत सम्पूर्ण तथ्यांक / जानकारीहरू राखिएका छन् । ‘स्थानीय तह प्रोफाइल’शिर्षकमा स्थानीयतहहरूका सु-स्पष्ट नक्शासहित सबै वडा-तहसम्मको क्षेत्रफल, जनसङ्ख्या, केन्द्र-कार्यालय, समेटिएका साविक गाबिस / नपा आदिको ताजा अपडेटसहित सम्पूर्ण विष्तृत विवरणहरु यसैमा सङ्ग्रहित भएका छन् । स्थानीयतहगत स्वास्थ्य संस्था, बिद्यालय विवरण एवं अन्य तथ्यांकीय सूचकांकहरू पनि छुटाईएको छैन । एवम् प्रकारले पूर्वमा ताप्लेजुङ्ग जिल्लादेखि सुरु गरेर पश्चिममा कञ्चनपुर जिल्लाबाट बिट मारिएको यो पुस्तक विभिन्न चरण गरेर झन्डै ६९ महिनाको अथक प्रयासबाट तयार भएको हो ।
प्रकाशक तथा वितरक : मदरल्याण्ड पब्लिकेशन प्रा. लि.
पुस्तकको नाम : अल नेपाल इन्फो / All Nepal Info
भाषा : नेपाली र अंग्रेजी भाषामा संयुक्त
संस्करण : परिस्कृत एवं परिमार्जित दोश्रो संस्करण
प्रकाशन मिति : वि.सं. २०८१, साउन (सन् २०२४, अगष्ट)
ISBN : 978–9937–8190–9–1
पृष्ठ संख्या र छपाई : १५५६+ / 'मल्टिकलर' मा छापिएको
पुस्तकको आकार : २९ सेमी X २२ सेमी X ७ सेमी (A4)
तौल : ३.५५ केजी
मूल्य : रू. ६३००/-
(शर्तसहित पुस्तकसँग एउटा सुन्दर 'बुक स्ट्याण्ड' पनि उपलब्ध छ।)
नेपालको बारेमा अहिलेसम्मकै बृहत् र सचित्र जानकारी समेटेको पुस्तक : ‘अल नेपाल इन्फो'
Read MoreNepal Identifier : 'All Nepal Info' (Revised 2nd Edition)
Read More